नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो

| 2023 Sep 08 | 06:30 pm 1785

काठमाडाैं, भदाै २२ । नेपाल र म्यानमार बीच भएको मैत्रीपूर्ण फूटवल खेल गोलरहित बराबरीमा सकिएको छ । उक्त खेल म्यानमारको याङ्गुमान खेलिएको थियो । खेलका क्रममा दुबै टोलीले गोल गर्ने  राम्रा अवसरहरु खेर फालेका थिए ।

नेपालले म्यानमारसँग दोस्रो मैत्रीपूर्ण खेल आउदो सोमबार खेल्नेछ । नेपालले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप र सन् २०२७ मा आयोजना हुने एएफसी एसियन कपको छनोटको प्रारम्भिक चरणको तयारीका लागि म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

नेपालले विश्वकप र एसिया कप छनोटको प्रारम्भिक चरणमा अक्टोबर १२ र १७ तारिखमा लाओसको सामना गर्दैछ । मैत्रीपूर्ण खेल खेल्न म्यानमारमा रहेको नेपाली टोलीमा गोलरक्षकका रुपमा किरणकुमार लिम्बु, दीप कार्की र अभिषेक बराल रहेका छन् ।

डिफेन्डरमा सनिस श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई र छिरिङ लामा रहेका छन् । डफिल्डरमा एरिक बिष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवाश लामिछाने, उत्सव राई र कृतिषरत्न छुन्जु रहेका छन् । स्ट्राइकरमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन बिष्ट, मनिष डांगी, आशिष चौधरी, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया रहेका छन् ।

नेपाली टोलीको प्रमुख प्रशिक्षकमा भिनसेन्जो अल्बर्टो रहेका छन् । टोलीका अन्य पदाधिकारीमा प्रवेश कट्वाल, विनोद महर्जन, उत्तम राजभण्डारी, आविष्कार पुडासैनी, दीपेन्द्र धिमाल, विकास गुरुङ र सुवाष लामा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.