नेपालकाे राम्राे शुरूवात- लियाे दाेश्राे विकेट

रिपोर्ट नेपाल | 2023 Jun 22 | 01:06 pm 2149

काठमाडौ‌ं, असार ७ । जिम्वावेमा चलिरहेको आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपालले राम्राे शुरूवात गरेकाे छ ।

दाेश्राे ओभरमा करण केसीकाे बलमा कायल मेयर्स आउट भएका छन् । करण केसीकाे बललाइ हान्ने क्रममा हावामा उडेकाे बलमा डाइभ गरेर कुसल भुर्तेलले  क्याच गरेका थिए । उक्त ओभरमा करण केसीले एक रन पनि दिएनन् र मेडन ओभर भएकाे थियाे ।

त्यस्तै चाैथाे ओभरमा बलिङ गर्न आएका गुलसनले दाेश्राे विकेटकाे रूपमा जाेनसनलाइ आउट गरेका छन् । याे समाचार तयार पार्दा सम्म पाँचाै ओभरकाे खेल चलिरहदा वेस्ट इन्डिजले १३ रन बनाएर खेलिरहेकाे छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.