काठमाडौं, असार ३०: बेल्जियमले इंग्लयाण्डविरुद्ध १-०को अग्रता लिएको छ। रुसमा जारी विश्वकप फुटबलको तेश्रो स्थानका लागि भैरहेको खेलमा बेल्जियमका लागि खेलको थौथो मिनेटमा थोमस म्युनिरले गोल गरे । फाइनल पुग्न नसकेका दुई टिम इंग्ल्याण्ड र बेल्जियमबिच तेश्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
सेमिफाइनलमा चुकेका दुई टिम सेन्ट पिटर्सबर्गमा अहिले भिडिरहेका हुन् । सेमिफाइनलमा फ्रान्ससँग बेल्जियम १–० ले पराजित भएको थियो । यस्तै सुरुमा अग्रता लिएर पनि युवा खेलाडीले भरिएको इंग्ल्याण्ड क्रोएसियासँग पराजित भएको थियो। इंग्ल्याण्डलाई २–१ ले हराउँदै क्रोएसियाले भने पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाएको छ ।
इंग्ल्याण्ड र बेल्जियम समूह चरणमा एउटै समूहमा थिए। समूह जी बाट बेल्जियम समूह विजेता तथा इंग्ल्याण्ड समूह उपविजेता बनेर अघि बढेका थिए । समूह चरणको अन्तिम खेलमा बेल्जियमले इंग्ल्याण्डलाई १–० ले पराजित गरेको थियो। तेस्रो स्थानका लागि हुन लागेको खेल इंग्ल्याण्डका लागि समूह चरणमा बेहोरेको हारको बदला लिने मौकाको रुपमा हेरिएको छ ।
फाइनलमा पुगेका फ्रान्स र क्रोयसिया भने आइतबार उपाधीका लागि भिड्ने छन्।