उपाधिका दाबेदार मानिएका फ्रान्स र उरुग्वे आमने सामने हुँदै

| 2018 Jul 06 | 03:24 pm 3628

काठमाडौं, असार २२ : रुसमा जारी विश्वकप २०१८ अन्तर्गत फ्रान्स र उरुग्वेले शुक्रवार फूटबल विश्वकपको पहिलो क्वार्टरफाइनलमा भिडन्त गर्दैछन् । नेपाली समयअनुसार बेलुकी पौने ८ बजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्नेछ भने राति पौने १२ बजे ब्राजिल र बेल्जियमको खेल हुनेछ ।

अन्तिम ८ मा रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई २-१ गोल अन्तरले हारउदैँ उरुग्वे क्वटरफाइनलमा पुगेको थियो भने, मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराउदैँ फ्रान्सले अन्तिम ८ को यात्रा तया गरेको थियो ।

समूह चरणको खेलमा उरुग्वे समूह एको विजेता बन्दै प्रिक्वाटरफाईनलमा पुग्दा उसले अन्तिम आठ प्रवेशका क्रममा भने पोर्चुगल जस्तो बलियो टिमको चुनौती पन्छाएको थियो । उता फ्रान्स भने समूह चरणको समूह विजेता बन्दै प्री क्वाटरफाईनलमा स्थान बनाएको थियो ।

प्राविधिकरुपमा बलियो मानिएको टिम उरुग्वेका लागि काभानी र लुईस स्वारेजबीचको सन्तुलन बलियो पक्ष मानिएको छ । उनीसँगै टिममा गोडिन, म्यासिनो छन् । उता फ्रान्सका किलियन एम्बाफे भने जारी विश्वकपमा पेलेको रूपमा हेरिन थालिउएो अद्भुत क्षमताका खेलाडी हुन् । एम्बापेसंगै ग्रीजम्यान, पोग्वा,हर्नाडेड, जिरोर्ड कान्टे जस्ता बलिया खेलाडी छन् फ्रान्ससंग । जसको कारण फ्रान्स यो विश्वकपमा धेरैको लागि उपाधि दावेदार टोली बनेको छ ।

विश्वकपको इतिहास हेर्दा यी दुई राष्ट्र आमनेसामने हुन लागेको यो पहिलो पटक हो । तर अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भने यी दुई राष्ट्र सात पटक भिडेका छन् । उरुग्वेले दुई पटक जित आफ्नो पक्षमा पार्दा फ्रान्सले मात्र एक पटक जित निकाल्न सकेको छ बाँकी सबै चार खेल भने बराबरीमा रोकिएको छ । दुवै टिम उस्तै बलियो हुनु र विगतको इतिहास पनि उस्तै उस्तै भएको कारण निज्नी नोभगोरेड स्टेडियममा दुईको खेल रोचक हुनेमा कुनै शंका छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.