काठमाडौं, भदौ ११ : बङ्गलादेशमा आउँदो १९ गतेदेखि ३० गतेसम्म हुने १२ औँ साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरण श्रेष्ठले विराज महर्जनको कप्तानीमा रहने गरी प्रारम्भिक छनोटमा रहेका ३० मध्येबाट २० खेलाडी घोषणा गरेका हुन् ।
घोषित टिममा नियमित स्ट्राइकर जर्ज प्रिन्स कार्की अटाएनन् भने डिफण्डरहरु कमल श्रेष्ठ र सुमन अर्याल तथा मिडफिल्डर निराजन खड्काले टिममा पुनरागमन गरेका छन् । बङ्गलादेशमा हुने साफ च्याम्पियसिपमा नेपाल समूह ए मा परेको छ । यस समूहमा पाकिस्तान, भुटान र घरेलु टोली बङ्गलादेश छन् ।
समूहचरणमा नेपालले आफ्नो पहिलो खेल भदौ १९ गते पाकिस्ताबिरुद्ध, दोस्रो खेल २१ भदौमा भुटानबिरुद्ध र अन्तिम खेल भदौ २३ मा घरेलु टोली बंगलादेशबिरुद्ध खेल्नेछ । नेपाली टोली भदौ १७ गते बङ्गलादेश प्रस्थान गर्नेछ ।
को को छन् नेपाली टोलीमा ?
गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु, एलन न्यौपाने
डिफेन्डर – आदित्य चौधरी, दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, रोहित चन्द, सुमन अर्याल ।
मिडफिल्डर – हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का ।
फरवार्ड – भरत खवास, बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, अञ्जन विष्ट