“सफा हिमाल अभियान २०२३” को Flag-off Ceremony सम्पन्न

| 2023 Mar 29 | 08:04 am 669

काठमाडाैं, चैत १५ः जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाईमा सञ्चालन हुने सफा हिमाल अभियान, २०२३ को थालनीको रुपमा मंगलबार प्रधान
सेनापति महारथी श्री प्रभुराम शर्माको प्रमुख आतिथ्यमा जंगी अड्‍डामा आयोजित एक विशेष
समारोहका बीच Flag-off Ceremony सम्पन्न भएको छ ।

उक्त अभियानका Campaign Director श्री राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशकबाट स्वागत मन्तव्य तथा Campaign Leader बाट समग्र अभियान संचालन सम्बन्धी जानकारीमूलक प्रस्तुतीकरण सहित शुरु भएको उक्त समारोहमा प्रधान सेनापति महारथी श्री शर्माले गत वर्ष सम्पन्न सफा हिमाल अभियान, २०२२ मा योगदान पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गर्नुका साथै सफा हिमाल अभियान, २०२३ का Campaign Leader हरुलाई Campaign Flag हस्तान्तरण गरी कार्य सफलताको शुभकामना व्यक्त गरे ।

समारोहमा राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेङ शेर्पा, बौद्ध गुरु ङवाङ लोजाङ्ग यसी ग्याछोक रिन्पोचे, रक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सचिवहरु, बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, वन तथा वातावरण र पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरु, नेपालस्थित विभिन्न देशका सैनिक सहचारीहरु, पर्वतारोहण क्षेत्रका प्रतिष्ठित महानुभावहरु तथा सफा हिमाल अभियान, २०२३ का साझेदार संघसंस्थाका पदाधिकारीहरु एवं सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, कोकाकोला फाउण्डेशन, सूर्य नेपाल प्रा.लि., युनिलिभर नेपाल, संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (UNDP), विश्व वन्यजन्तु कोष, नेपालको आर्थिक र नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, Rotatory Club of Nagarjun, Everest Link, अनुसन्धान तथा दिगो विकास केन्द्र, नेपाल आदी संघसंस्थाहरुको प्राविधिक सहयोग रहेको छ ।

“AN ENDEAVOUR TO SAVE THE HIMALAYAS” भन्ने मूल Theme का साथ संचालन
हुने उक्त अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्‍चे र अन्नपूर्ण हिमालहरुबाट करिब ३५ टन
फोहोरहरु संकलन गर्ने लक्ष्य लिईएको छ ।

नेपाली सेनाले विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुसँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि सफा हिमाल अभियान संचालन गर्दै आएको छ । विश्व वातावरण दिवस (June 5) मा समापन हुने उक्त अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदुषण तथा विश्व तापमानको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.