काठमाडौं, असार १ : शिक्षक सेवा आयोगले एकैपटक व्यापक मात्रामा स्थायी शिक्षकका लागि विज्ञापन खाेलेकाे छ । अायाेगले प्राथमिक तहकाे तृतीय श्रेणी सरहका खुला तथा समावेशीतर्फ गरी कुल ९ हजार ९९६ स्थायी शिक्षककाे माग गर्दै विज्ञापन खाेलेकाे हो।
अाज (शुक्रबार) अायाेगद्वारा सूचना प्रकाशित गरी उक्त संख्यामा रिक्त रहेका पदका लागि दरखास्त आह्वान गरेको हाे। यही असार ३० गतेसम्म इच्छुकले दरखास्त फाराम भर्न अाह्वान गरिएकाे छ । विज्ञापनमा ७७ वटै जिल्लामा गरी खुलातर्फ कुल ५ हजार ४९८ शिक्षक माग गरिएकाे छ ।
यस्तै, समावेशीतर्फ महिलामा एक हजार ४२१ तथा दलित महिलामा ४९ र मुस्लिम महिलामा १७ कोटा छुट्याइएकाे छ । साथै आदिवासी जनजाति कोटामा एक हजार २१५ जना, मधेशीतर्फ ९८६, दलितमा ४०५, अपाङ्गता भएका व्यक्तिका लागि २२५ र पिछडिएका क्षेत्रका लागि १८० कोटा छुट्याइएको छ।
फारम भर्दा दरखास्त शुल्क रू ५०० (अनिवार्य) र प्रत्येक समावेशी समूहका लागि थप ४०० तिर्नुपर्नेछ । शिक्षक छनाैटका लागि लिखित परीक्षा असोज १३ गते शनिबारका दिन हुने जनाइएकाे । प्रतिस्पर्धा जिल्लास्तरमा हुनेछ ।