राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

| 2023 Apr 18 | 07:39 pm 1325

काठमाडौं, वैशाख ५ः राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार अस्पताल भर्ना भएका छन्।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी अस्पतालले दिएको छ।

अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाका अनुसार, राष्ट्रपतिलाई श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सकको सुझाव अनुसार अस्पतालमा भर्ना गरिएको हो।

सुरुमा पेटमा र पछि छातीमा समस्या देखिएपछि उनी निरन्तर चिकित्सकको निगरानीमा छन्। उनको फोक्सोको तल्लो भागको पानी झिकेर परीक्षणका लागि पठाइएको छ।

यसअघि राष्ट्रपति पौडेल चैत १८ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारार्थ भर्ना भएर चैत २२ गते डिस्चार्ज भएका थिए ।  सोमबार (हिजो) छातीमा समस्या देखिएपछि राष्ट्रपति  पौडेल स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.