भदौ ८ मा ‘रेनी’, काठमाडौं र कुलेखानीमा सनमको प्रेम

रिपोर्ट नेपाल | 2018 Aug 15 | 08:38 am 3909

काठमाडौं, साउन २९: नेपाली चलचित्रमा एकपछि अर्को गरी एक शैलीमा चलचित्र निर्माण हुने क्रमलार्इ भंग गर्दै एक फरक धारमा निर्माण भएको चलचित्रको हो ‘रेनी’।

विमला मल्ल र संजिव मल्लले निर्माण गरेको ‘रेनी’ को फस्टलुक पोस्टर सार्वजनीकसँगै प्रदर्शन मिति पनि भदौ ८ गतेका लागि तोकिएको हो। प्रेमकथामा आधारित यस चलचित्रलार्इ नवनायिका सनम मल्लले लेखेकी हुन्। सनमले लेखेको प्रेमकथामा कमेडी र एक्सन पनि उत्तिकै चाखलाग्दो ढंगले काठमाडौं उपत्यका तथा कुलेखानीका विभिन्‍न स्थानमा छायाकंन गरिएको निर्माण पक्षले जानकारी दिएको छ।

सनमले लेखेको चलचित्रमा उनी आफैंले अभिनय गरेकि छन्। जसमा सरोज खनाल, सुरवीर पण्डित (दारी बा), दीपक ढकाल, गिरिश रिजाल प्रमुख भूमिकामा छन। पछिल्लो समय हास्य कलाकार र मोडलिङ मा आफ्नो छुट्टै पहिचान बनाउन सफल स्याङ्जालि कलाकारद्‍वय टंक डुम्रे र आकाश भण्डारी (जेरी बा) को समेत दमदार अभिनय देख्‍न पाइने छ।

गिरिश रिजाल (समीप) ले निर्देशन गरेका चलचित्रमा एक्शन , लभ, कमेडीका साथै सामाजीक सन्देशसमेत रहेको निर्मात्री बिमलाले बताइन्।

बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत तथा सनम मल्ल र गुरु भुटियाको गीत रहेको चलचित्रलार्इ जयराम थापाले खिचेका हुन्। गोविन्द शाहीले वितरण गर्ने चलचित्रमा राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी छ। चलचित्रले भरपुर मनोरञ्जन गराउने निर्माण पक्षले दाबी गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.