गणेश शाह ठकुरी
पाल्देन दोयाङ गुम्बा मेला समिती पुर्वटोल ५ निजगढको आयोजनामा यहि मंसिर १५ गते देखि १७ गते सम्म बहु सास्कृतिक गुम्बा मेला २०८० गरिदैछ । बहु सास्कृतिक मेला हुनु निकै राम्रो हो, राष्ट्रिय स्तरका कलाकरहरुको सास्कृतिक प्रस्तुती सहित आफ्नो स्थानीय पहिचान देखाउन सजिलो हुने र आर्थिक तवरले पनि अवलोकनकर्तालाई स्थानिय उत्पादित बस्तुहरुको ब्यापारमा पनि विशेष छुटमा सामानहरु पाइने भएकाले यस मेलाको निकै महत्व रहेको छ । बारा अनि पुर्वटोल निजगढ सङ्ग आफ्नै पहिचान छ । अनेकतामा एकता छ एक फुलका गुच्छा जस्तै बहु जाती बहु धार्मिक मानिसहरु निकै आनन्दित तरिकाले मिलेर बसेका छन् । मेलाले आन्तरिक पर्यटन सङ्गै स्थानिय आर्थिक उपार्जनमा निकै राम्रो सहयोग गर्नेछ ।
यस्तै यो बहु सास्कृतिक मेलाले लाखौको कारोबार गर्नेछ र मानिसहरूलाई निकै नौलो मनोरञ्जन दिनेछ । मेलाले दर्शकको माग अनुसार चर्चित कलाकारहरु शिव परियार, कल्याण आले, बद्री राउत, नवराज राउत, प्रमिला आले, एलिसा डान्स ग्रुप बोलाई आम दर्शकलाई भरपुर मनोरंजन प्रदान गर्नेछ । यो मेलामा मित्र राष्ट्र भारतबाट पनि हजारौ दर्शक अबलोकन गर्न आउने छन् । सस्तोमा सामान, स्थानियका हातहरुले बनेका स्वादिला परिकार र नच्दै गाउँदै विभिन्न खेलहरुको मनोरञ्जन लिन पाइने सुनिश्चिताले झनै यो मेलाको आकर्षण बढाइदिएको छ ।
त्यसैले त यो मेलाले आर्थिक मात्र नभई एउटा मौलिक पहिचान पनि स्थापित गर्ने छ ।यसै अनुरुप यस मेलाले पुर्वटोल निजगढको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरि आर्थिक रुपले मजबुत बनाउने र राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने बारा उद्योग वाणिज्य संघका सचिव, समाजसेवी तथा मेला मुल आयोजक समितिका अध्यक्ष बिजय तिमिल्सेनाको कथन रहेको छ ।
त्यस्तै गरि बाराका समाजसेवी उज्ज्वल थापा पनि मेलाले धार्मिक पर्यटकिय स्थलको चिनारी सहित हजारौ अवलोकनकर्ताको एक अर्कामा आत्मीयता जोड्ने बताउँछन् ।
मेलामा धार्मिक, पर्यटकीय स्थलको चिनारी, संस्कृति झल्किने गरी जातजातिको वेशभूषाको झाँकी, कला, कृषि उपज, घरेलु, हस्तकला, लघु उद्यमका उत्पादनका सामाग्री तथा विभिन्न सास्कृतिक प्रस्तुतिको स्वादमा अनेकन खेलको मनोरन्जन बोकेका स्टलहरुले मेला निकै नै लाभदायक बन्नेछ ।
आकर्षणत मनोरन्जनात्मक गायन कलाले उपस्थित भीडलाई भरपुर मनोरञ्जन दिनेछ भने बालबालिकाहरुको लागि पनि छुट्टै बाल खेल सामग्री, रोटे पिङ्ग, खोडकोडे, तिर लगायत खेलहरुको उपलब्धताले उल्लेख्य सहभागिताको सुनिस्चितता गरेको छ ।
बारावासी आम जनसमुदाय यस बहु सास्कृतिक मेला अवलोकन गरि आन्तरिक तथा बाह्य पर्यटन र धार्मिक सास्कृतिक पर्यटनलाइ अगाडि बढाउन निकै उत्साहीत देखिन्छन् । यो मेला हामी सबैको साझा हो हामीले सबै क्षेत्रबाट सहयोग गर्नु पर्छ भन्दै स्थानिय निकाय, विद्यालय, कर्मचारी, ब्यापारी आफ्नो ठाउँको मेलालाई सफल पार्न जुटेका छन् । स्थानिय ठाउँको पहिचान बढाउँदै मौलिकता झल्कने गरि उक्त मेला भब्य, सभ्य र सफल पारिछाड्न सबै सरोकारवाला र स्थानिय बासिन्दा आफ्ना काममा चौतर्फी खटिरहेको देखिन्छ ।