प्रियंकाको विवाह निमन्‍त्रणाको लिस्टमा अटाएनन् बलिउडकर्मी

रिपोर्ट नेपाल | 2018 Nov 28 | 07:21 am 2003

मुम्‍बर्इ, मंसिर १२ : अभिनेत्री प्रियंका चोपडा यही डिसेम्बर २ र ३ मा प्रेमी निक जोनसका साथ लगन गाँठो कस्‍न लागेकी छिन्। भारतको राजस्थानको उम्मेद भवन प्यालेसमा प्रियंका र निकको विवाहको तयारी धुमधामका साथ चलिरहेको छ।

साथै भारतीय सञ्चारमाध्यममा प्रकाशित खबरहरुका अनुसार अभिनेत्री प्रियंकाले उनको विवाहका लागि पाहुनाहरुको नाम लिष्ट पनि फाइनल गरिसकेकी छिन् । प्रियंकाको यस लिष्टमा बलिउडका कुनै पनि कलाकारहरुको नाम अटाएको छैन । प्रियंकाले उनको विवाहमा बलिउडका एकजना कलाकारलाई पनि बोलाउने छैनन्।

प्रियंका चोपडा र निक उनीहरुका परिवार र आफन्तजनसँगै भएर विवाह गर्नेछन् बलिउड कलाकारहरु उपस्थितिमा विवाहमा धेरै भिड हुनेछ । भिडको जिम्मेवारी लिन गाह्रो भएका कारण प्रियंकाले यो निर्णय लिएको बताइएको छ ।

प्रियंकाले बलिउडका आफ्ना साथीहरुका लागि विवाहपछि मुम्बईमा एक भब्य रिसेप्सनको आयोजना गर्नेछिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.