पूर्वगृहमन्त्री बादलका छोराविरुद्ध पनि पक्राउ पूर्जी जारी

| 2023 May 03 | 04:29 pm 573

काठमाडौं, बैशाख २०ः नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकमाथि पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

यसअघि प्रहरीले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा निरजलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो । साथै, आजै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ ।

मंगलबार मात्रै प्रहरीले बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयानमा राईलाई पनि रकम बुझाएको खुलेपछि उनी पक्राउ परेका थिए । यही प्रकरणमा प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.