विश्‍वकप २०१८

पहिलो हाफ बराबरीमा कोष्टारिका र सर्बियाको खेल

रिपोर्ट नेपाल | 2018 Jun 17 | 06:56 pm 2942

काठमाडौं, असार ३ : रुस विश्वकप फुटबल अन्तर्गत कोष्टारिका र सर्बियाबीचको पहिलो हाफ बराबरीमा सकिएको छ । समारा रंगशालामा भएको पहिलोे हाफको खेल गोल रहित बराबरीमा सकिएको हो ।

दक्षिण अमेरिकी राष्ट्र कोष्टारिका र युरोपियन राष्ट्र सर्बियाले पहिलो हाफमा गोलका केही मुभ बनाएपनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् । कोष्टारिकाको गोलकिपर नाभासले केही उत्कृष्ट बचाउ गर्दै सर्बियालाई निराश पारेका छन् । खेल नियन्त्रणमा राखेपनि सर्बियाले गोल गर्न सकेको छैन ।

कोष्टारिकाले सन् २०१४ को ब्राजिल विश्वकपमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसअघि सन् २००२ र २००६ मा समूह चरणबाटै बाहिरिएको कोष्टारिकाले सन् १९९० को विश्वकपमा भने अन्तिम १६ को यात्रा गरेका थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.