धनगढी, फागुन ११: तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेटको फाइनल खेल भइरहेको छ। महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीच धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा खेल जारी छ।
टस जितेर पहिले ब्याटिङ थालेको महेन्द्रनगरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २३ रन जोडेको छ।
खराब सुरुवात गरेको महेन्द्रनगरका लागि दिलिप नाथले सर्वाधिक ४३ रन जोडेका थिए। उनले ४१ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन जोडेका हुन् । त्यस्तै कुसल मल्लले २५ रन जोडे ।
उनले २२ बलको सामना गर्दै एक चौका र खुई छक्का प्रहार गरे । रोहित कुमार पौडेलले २४ रन जोडे । उनले २० बलमा १ चौका र १ छक्का प्रहार गरे । आरिफ सेखले ११ र मोहमद नाभिदले १० रन जोड्दै पेभिलियन फर्के।








