गृहमन्त्री थापाको र राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाको कार्यकाल ६ वर्ष

| 2018 Jun 18 | 12:21 pm 2504

काठमाडौं, असार ४: गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभाको कार्यकाल ६ वर्षको हुने भएको छ । राष्ट्रियसभा सदस्यको टुंगो लगाउन भएको गोलाप्रथाको क्रममा थापाको कार्यकाल ६ वर्ष हुने टुंगो लागेको हो ।

बादल माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

त्यसैगरी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

राष्ट्रियसभामा नेकपा संसदीय दलको नेता दिनानाथ शर्माको कार्यकाल भने चार वर्ष कायम भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.