गीत -प्रत्येकको शिरमा नेपाली टोपी शान बनोस

| 2023 Jun 27 | 05:09 pm 1965

गीत
प्रत्येकको शिरमा नेपाली टोपी शान बनोस
कमरमा शिरुपाते वीरताको प्रतिक बनोस
नेपाली जहाँ रहे पनि मुटुमा नेपाल रहोस
नेपाली मन नेपालीपन सधैं मौलाई रहोस

विश्वमा नै नेपालीहरु अब चम्की सके
मेचीकालीको परिधिलाई अब उछिनी सके
पुर्खाले देखेका सपना पुरा गर्न लम्कि सके
विशाल नेपालको अग्निपथमा डटी सके

जहाँ जहाँ नेपाली हुन्छ त्यहाँ नेपाल पुग्छ
प्रत्येकको मनमन्दिरमा नेपाल हुनु पर्छ
वीरहरुको पनि वीर भनि चिनिनु पर्छ
त्यागीहरु भन्दा पनि महात्यागी बन्नु पर्छ

© कृष्ण बहादुर थापा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.