काठमाडाैं, बैशाख २ः कलाकारिता क्षेत्रमा लामो अनुभव बटुलेका कलाकार बिनोद के.सी केही दिन यता अभिनय सँगसँगै गीत लेखन तथा म्युजिक भिडियो निर्देशन तर्फ अग्रसर हुँदै आएका छन् । तितो सत्य, जिरेखुर्सानी, मेरी बास्सै जस्ता चर्चित हास्य टेलीचलचित्रहरु लगायत विभिन्न सामाजिक तथा जन चेतना मुलक टेली चलचित्रहरुमा नेपाल प्रहरीको भूमिकाले चर्चा बटुलेका कलाकार के.सी राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) द्वारा लेखन निर्देशन रहेको चर्चित टेलीचलचित्र जुठेमा लाहुरेको भूमिका मार्फत अभिनित छन् ।
अन्य अग्रज निर्देशकहरुले भन्दा केही फरक ठाउँमा छायंकन ठाउँमा रुचि राख्ने के.सीले आफ्नो म्युजिक भिडियोहरु धरहरा, रानी पोखरी, हनुमान ढोका परिसर जस्ता स्थानहरुमा छायंकन गरी SGF युट्युब च्यानल मार्फत प्रसारणमा ल्याइ सकेका छन् ।
के.सीले हालै मात्र कस्तो गणतन्त्र ल्यायौं शीर्षकमा आम नागरिकहरुलाई प्रश्न गर्दै राजावादी जस्तो देखिने गीतको म्युजिक भिडियो हालै मात्र प्रसारणमा ल्याएका छन् ।
राजावादी पनि नभएको र कुनै पार्टीसँग सम्बन्धित नरहेका के.सी बिसुद्ध आम नेपाली दर्शकहरुको मात्र कलाकार रहेको भन्न रुचाउँछन् । तर यो राजावादी गीत भने कुनै पनि पार्टीलाई लक्षित गरी नलेखिएको र राजाकै पक्षमा पनि नरहेको उनी बताउँछन् ।
देशमा धेरै राजाहरु भएर आम नेपाली जनताहरुले दुःख पाइरहेको अवस्थालाई मध्ये नजर राख्दै एउटा राजा थिए देशमा जन्मे सयौं राजा भन्ने शब्दका कारण विभिन्न राजनैतिक पार्टीहरुको फोहोरी खेल हेर्दा साच्चै देशमा सयौं मात्र होइन हजारौं राजा भएको महसुस गर्न सकिन्छ ।
अर्कोः हिन्दु राष्ट्र बेचिखाए धर्म निरिपेक्ष भन्दै ठोकुवा गरेर लेखेको शब्द सुन्दा र हेर्दा साच्चै हिन्दु राष्ट्र बेचेकै हुन् कि भन्ने कुरा विभिन्न मठ मन्दिरहरुमा हिन्दु धर्मावलम्बि दर्शकहरुको भिड देख्दा सहजै मनन् गर्न सकिन्छ कि कतै हाम्रो हिन्दु राष्ट्र बेचिएकै त होइन ?
कलाकार के.सी आफ्नै शब्द लेखन, आफ्नै निर्देशन र निर्माण समेत आफैले गरेको सो म्युजिक भिडियोमा चर्चित बरिष्ठ हास्य कलाकार राजाराम पौडेलले अभिनयमा साथ दिएका छन् । उक्त म्युजिक भिडियो पनि राजदरबार गेट, सिंहदरबार गेट र संसद भवन आसपासमा दुर्गा पौडेलले छायांकन गरेका छन्, भने राजकुमार राना मगरले सम्पादन गरेका छन् । चर्चित केही गायकहरुले गाउन नमानेपछि उक्त गीत संगितकार प्रकाश नेपालीले नै गायका छन् ।
किन यस्तो गीत फुर्यो भन्ने प्रश्नमा, राजा हामीलाई चाहिएको होइन राज संस्था चाहिएको हो, सबै राजावादी भनौदाहरु खाजावादी भएको देखियो । गाउँमा भोट हाल्ने माइला दाई अहिलेसम्म जहाँको त्यही भारी बोकेर जिवन गुजारा गर्दैछन् भने, जितेर आउने नेता भनौदाहरुको राता रात सुख शैली परिवर्तन भएको सबैले देखेकै छन् । त्यसैले जनता उक्साउन नभई जनता जागरुक गराउन यस्ता गीतहरु निर्माण गरी बजारमा ल्याउनु परेको कथन छ कलाकार बिनोद के.सीको ।