आलियालाई किन अफसोस ?

रिपोर्ट नेपाल | 2018 Oct 17 | 08:26 am 3719

काठमाडौं, असोज ३१: आफ्नो परिवार भनेपछि मरिहत्ते गर्ने बलिउड अभिनेत्रीमध्ये पर्छिन्— आलिया भट्ट । आफ्ना दिदीहरू पूजा र शाहिनसँग उनको उत्तिकै घनिष्ठ सम्बन्ध छ।

उनकी सहोदर दिदी शाहिनले केही वर्षअघि आफ्नो संघर्ष र डिप्रेसनबारे मुख खोलेकी थिइन्। उनले यति बेला त्यही अनुभवलाई पुस्तकाकारमा ल्याएकी छन्, ‘आई ह्याभ नेभर बिन (अन)ह्याप्पियर’।

शाहिनको संघर्षपछिको सफलतालाई देख्दा आलिया खुसी छिन्। उनले दिदीको पुस्तक पढेपछि प्रफुल्लित हुँदै युटयुबमा भिडियो अपलोड गरिन्। त्यसमा उनले उक्त पुस्तक मानसिक द्वन्द्वको सिकार भएका र डिप्रेसनमा गएका मान्छेप्रति लक्षित रहेको टिप्पणी गरेकी छन्।

आलियाले शाहिनको मर्मलाई पहिले बुझ्न नसकेकामा भिडियोमार्फत क्षमासमेत मागेकी छन्। भिडियोको सुरुवात भने आलिया र शाहिनले बालापनमा गरेको नृत्यबाट भएको छ।

शाहिनको पुस्तकबारे आलियाले भनेकी छन्, ‘मैले तिम्रो पहिलो पुस्तक पढें, जसमा तिमीले आफ्नाबारे केही नछुटाई, बडो इमानदारीपूर्वक लेखेकी छयौ। यस्तो बेला म तिमीलाई एउटा चिठी लेख्न पनि संघर्ष गरिरहेकी छु। एकदमै अप्ठ्यारो अनुभूति भइरहेको छ। तिमीसँगै २५ वर्ष बिताए पनि तिम्रो डिप्रेसनको त्यो मौन अवधिलाई मैले कहिल्यै बुझ्न सकिनछु। तिमी हरेक समय बाहिर डिनरका लागि जान इन्कार गर्थ्यौ। मलाई लाग्थ्यो-तिमी घरमै एक्लै टीभी हेर्दै बस्नमै खुसी मान्छयौ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.