आज काभा महिला भलिबलकाे खेलमा नेपाल र काजकिस्तान भिड्दै

| 2023 May 26 | 10:20 am 1357

काठमाडाैं, जेठ १२ः एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत आज नेपालले काजकस्तानसँग खेल्दैछ। प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत नेपालले काजकस्तानको सामना गर्न लागेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने नेपाल र काजकस्तानबीचको खेल साँझ ५ बजे शुरु हुनेछ। नेपाल आज काजकस्तानलाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ।

नेपाल समूह एको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने काजकस्तान समूह बीको विजेता बन्दै सेमि फाइनल पुगेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.