सेमिफानइलमा माल्दिभ्ससँग नेपाल पराजित, नेपालको ऐतिहासिक मौका गुम्यो

| 2018 Sep 12 | 06:19 pm 4498

ढाका, भदौ २७ : साफ च्याम्पियनसिप २०१८ को सेमिफाइनलमा माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।

माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका थियो तर नेपालले गुमाएको छ । नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले पछाडि परेको नेपालले खेलको अन्तिम समयमा दुई गोल खाएको हो।

माल्दिभ्सको लागि ८३ र ८६ औं मिनेटमा इब्राहिम हसनले २ गोल गरेका छन् । खेल बुधबार अपरान्ह नोपली समयअनुसार ३ बजेर ४५ मिनेटमा ढाकाको बंगबन्धु रंगशालमा सुरु भएको थियो ।

हरेक संस्करणमा उपाधि दाबेदार रूपमा आफूलाई प्रस्तुत गर्दै आएको नेपालले अहिलेसम्म उपाधि हात पार्न सकेको छैन।  सन् १९९३ मा सार्क राष्ट्रको फुटबल खेल विकास गर्ने उद्देश्यले सुरु भएको (सार्क गोल्डकप) साफ च्याम्पियनसिपले १२औं संस्करण पार गर्दा नेपाल सेमिफाइनलमाथि जान सकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.