साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको गोलवर्षा, ४–० गाेलले नेपाल विजयी

| 2018 Sep 06 | 05:47 pm 2755

काठमाडौं, भदौ २१ : साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले भुटानविरुद्ध आकर्षक खेल प्रदर्शन गरेको छ । पहिलो हाफमा १ गोलको अग्रता लिएको नेपालले दोस्रो तीन गोल गरेको छ ।

नेपालका लागि पहिलो गोल अनन्त तामाङले गरे ।  २१ औँ मिनेटमा सुनिल बलको कर्नरमा अनन्त तामाङले गोल गरेका थिए । निमा वाङ्दीले निराजन खड्कालाई लडाएपछि ७० औं मिनेट नेपालले पाएको पेनाल्टीमा विमल घर्तीमगरले पेनाल्टीको सदुपयोग गर्न नसकेपनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोल गरे ।

त्यसपछि खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका भरत खवासले त्यसको दुई मिनेटपछि सेन्टर नजिकैबाट एक्लै अगाडि बढाएको बललाई उत्कृष्ट प्रहार गर्दै नेपाललाई ३-० ले अघि पुर्‍याए ।

भुटानलाई लगातार दबावमा राखेको नेपालले ८८ औं मिनेटमा चौथो गोल गर्‍यो । नेपालका लागि ८८ औं मिनेटमा निराजन खड्काले गोल गरेर ४-० ले जिताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.