ढाका, भदौ २१ : साफ च्याम्पियन्ससिप फुटबलमा नेपालले भुटानविरुद्ध अग्रता लिएको छ । २१ औँ मिनेटमा सुनिल बलको कर्नरमा अनन्त तामाङले गोल गरेका हुन् ।
बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समय अनुसार अपरान्ह ४ बजे खेल सुरु भए थियो । अहिले खेल जारी छ ।
गोलकिपर किरण चेम्जोङले पहिलो पटक राष्ट्रिय फुटबल टोलीको कप्तानी गरेका छन् । नियमित कप्तान विराज महर्जन पहिलो रोजाइमा पर्न असफल भएपछि किरणले कप्तानीको जिम्मेवारी निर्वाह गर्ने अवसर पाएका हुन् ।
विराज पहिलो रोजाइमा पर्न असफल रहँदा भरत खवासले कप्तानी गर्थे, तर आज भरतले पहिलो रोजाइमा मौका पाएनन् । राष्ट्रिय टोलीबाट एक दशक लामो यात्रा तय गरेका किरणले राष्ट्रिय टोलीलाई पहिलो पटक नेतृत्व गर्ने मौका पाएका हुन् ।