काठमाडाैं, भदाै ३१ । एसिया कप क्रिकेट २०२३ को फाइनल खेलमा भारतविरुद्ध श्रीलंकाले पहिले ब्याटिङ गर्ने भएको छ। खेल नेपाली समय अनुसार अहिले ३: १५ मा श्रीलंकाको आर प्रेमदासा रंगशालमा सुरु हुने भनिए पनि वर्षातका कारणले रोकिएको छ।
यस अघिको उपाधि बिजेता श्रीलंकाले टस जितेर भारतविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। भारत आठौं पटक च्याम्पियन तथा श्रीलंका सातौं पटक उपाधि हात पार्ने सोचमा रहेको छ।