बारा, असार २६ । बारा जितपुरसिमराको पुर्ब पश्चिम लोक राजमार्ग सडक खण्डको चुरिया माई मन्दिर नजिक पल्टिएको अबस्थामा रहेको ट्रकबाट प्रहरीले गाँजा बरामद गरेको छ ।
मिति २०८०।०३।२६ गते ना.१.क. ३२०५ नं.को ट्रकमा लागू औषध गाँजा लुकाई छिपाई ल्याई रहेको भनी बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त नं।को ट्रक खोज तलास गर्दै जाने क्रममा बारा जितपुरसिमरा – २२ पूर्वपश्चिम लोक राजमार्ग सडक खण्डको चुरिया माई मन्दिर नजिक सडकको पुर्ब साईडको नालामा ट्रक पल्टिएको अबस्थामा रहेको, ट्रकका चालक तथा सह–चालक त्यहाँ नभेटीए पछि ट्रक चेक जाँच गर्दा प्लास्टिकको ५ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध गाँजा १ सय ५ किलो बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद लागु औषध गाँजा सहित ट्रक नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरामा ल्याई राखिएको र ट्रक चालक लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोत तलास लगायतको अनुसन्धान कार्य भई रहेको प्रहरी निरीक्षक रुपेश शाहले जनाएका छन् ।