विश्वकप छनाैट खेलमा आज अमेरिकासँग खेल्दै नेपाल

| 2023 Jun 20 | 12:30 pm 1333

काठमाण्डौ, असार ५ । आईसीसी एकदिवसीय विश्वकप छनौटका लागि जिम्बाबेमा भइरहेका खेल अन्तरगत  नेपालले आज अमेरिकासँग खेल्दैछ । विश्वकप छनौटअन्तरगतको छैठौ‌ खेल नेपाल र अमेरिकाबीच नेपाली समयअनुसार दिउँसो १२ : ४५ बजे हरारेको टाकासिंगा स्पोर्ट्स क्लबमा हुनेछ ।

नेपाल र अमेरिका दुवै टिमले आफ्नो पहिलो खेलमा जित निकाल्न सकेका थिएनन्  त्यसैले आजको खेलमा यी दुवै टोली पहिलो जितको लागि भरमग्दुर प्रयास गर्नेछन्।  नेपाल आफ्नो  पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्टइन्डिजसँग ३९ रनले स्तब्ध भएको थियो । नेपाल र अमेरिकाबीच अहिलेसम्म ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् जसमध्ये नेपालले तीन खेलमा जित, दुई खेलमा हार व्यहोर्नु परेको थियो भने  एक खेलमा बराबरी गरेको थियो ।

समूह ुबीु मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा समूह ुएु बाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले अक्टोबरमा हुने विश्वकप खेल्नेछन् ।

तस्विर साभार : CAN

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.