स्पेन, साउन २९: रियाल मड्रिडलाई हराउँदै एथ्लेटिको मड्रिडले स्पेनीस सुपर कपको उपाधि जितेको छ।
एस्टोनियाको टेलिनमा भएको फाइनलमा एथ्लेटिकोले छिमेकी क्लव रियाललाई अतिरीक्त समयमा चार दुई गोलले हराउँदै उपाधि उचालेको हो। स्टार खेलाडी क्रिस्टियोनो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदान विना नै पहिलो पटक मैदानमा उत्रिएको रियालले निर्धारीत ९० मिनेटमा एक गोलको अग्रतालाई जोगाउन सकेन।
खेलको पहिलो मिनेटमा नै डिएगो कोस्टाको गोल मार्फत एथ्लेटिकोले अग्रता बनाएको थियो । तर २७ औ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियाललाई एक एक गोलको अवस्थामा पुर्याए।
पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ६३ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई दुई एकको अवस्थामा पुर्याए।
तर ७९ औं मिनेटमा डिएगो कोस्टाले ब्यक्तिगत दोस्रो गोल गर्दा खेल दुई दुई गोलमा पुग्यो । त्यसपछि खेल अतिरीत्त समयमा पुग्यो। जसमा एथ्लेटिकोले दुई गोल गर्न सफल भयो।
९८ औं मिनेटमा साउल निगुइजले गोल गर्दा कोकीले एक सय चार मिनेटमा अर्को गोल थपे । जसका कारण साविक विजेता रियाल स्तब्ध बन्यो। यो खेलमा रोनाल्डोको अनुपस्थिती निकै खड्कीएको थियो।