फिफा विश्वकप 2022 को उपाधि अर्जेन्टिनालाई

रिपोर्ट नेपाल | 2022 Dec 18 | 11:49 pm 2897

काठमाडाैं, पुस ३: अर्जेन्टिनाले फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित फिफा विश्वकपको उपाधि उचालेको छ। आइतबार राति कतारको दोहास्थित लुसेल रंगशालामा अतिरिक्त समयसम्म ३–३ को बराबरी भएपछि नतिजा टाई ब्रेकरबाट लिइएको थियो।

पेनाल्टीमा फ्रान्सका किङ्ग्स्ली कोम्यान र औरेलिन चोआमेनी गोल गर्न चुक्दा अर्जेन्टिना विजयी भयो।

कप्तान लियोनेल मेसीको गोलमा अग्रता लिएको थियो। मेसीले पेनाल्टीमार्फत २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

अर्जेन्टिना ३६ वर्षपछि फिफा विश्वकपको उपाधि जित्न सफल भएकाे हाे ।

पहिलो हाफमा बल सम्हालिन नसक्दा २–० ले पछाडि परेको फ्रान्सले दोस्रो हाफमा पुनरागमन गरेको थियो।

अतिरिक्त समयमा मेसीले एक गोल गर्दै अर्जेन्टिनालाई जित नजिक पुर्याएका थिए। तर फ्रान्सले पुन पेनाल्टी पाएपछि एम्बाप्पले फेरि बराबरीमा पुर्याएका थिए।

सन् १९७८ मा पहिलो पटक विश्वकप विजेता बनेको अर्जेन्टिनाको यो तेस्रो उपाधि हो। यसअघि सन् १९८६ मा डिएगो म्याराडोनाको प्रेरणामा अर्जेन्टिनाले दोस्रो तथा पछिल्लो पटक विश्वकप जितेको थियो। सन् २०१४ मा अर्जेन्टिनाई फाइनलसम्म पुर्याएर पराजित भएका मेसी अन्ततः याे विश्वकप जिताउन सफल भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.