रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले दिए राजीनामा

| 2018 May 31 | 12:35 pm 3711

युरोपियन च्याम्पियन रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लबबाट राजीनामा दिएका छन् । ४५ वर्षीय जिदानले साण्टियागो बेर्नबेउ रंगशालमा भएको पत्रकार सम्मेलनमा अप्रत्याशित रुपमा राजीनामाको घोषणा गरेका हुन् ।

क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि मानिने च्याम्पियन्स लिगमा लगातार तीन सिजन रियल म्याड्रिडलाई उपाधि जिताएका उनले बिहीबार पत्रकार सम्मेलन गर्दै क्लब छाड्ने निर्णय गरेका हुन् । सन २०१६ मा रियलको प्रशिक्षक भएर म्याड्रिड आएका जिदानले २०१६–१७ को ला लिगा तथा लगातार ३ पल्ट च्याम्पियन्स लिग जिताएका थिए ।

जिदानले क्लबले च्याम्पियन्स लिग जितेको ५ दिनपछि राजीनामा दिएका हुन । रियलले गत शनिवार लिभरपूललाई पराजित गर्दै च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.