पेटाङ्ग खेलाडीको टोली थाइल्यान्ड प्रस्थान

रिपोर्ट नेपाल | 2018 Jul 24 | 09:23 am 1800

काठमाडौं, साउन ८: थाइल्यान्डको करोबारीमा आयोजना हुन लागेको थाइल्यान्ड पेटाङ्ग अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा भाग लिन आठ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।

पेटाङ्ग संघका महासचिव कुलबहादुर थापाको नेतृत्वको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्ट, संघका अध्यक्ष डा। देवकान्त जोशी, नेपाल बुद्धिचाल संघका निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ अनुशासन समिति सदस्य राजेशहरि जोशी र संघ सचिव दीपक जोशीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फुलमाला लगाई खादा ओढाएर विदाइ गरे।

प्रतियोगिता जुलाइ २६ मा सुरु हुँदैछ। प्रतियोगितामा पुरुषतर्फ पुरुषोत्तम थापा, शुशील भण्डारी र महेश शर्मा तथा महिलातर्फ रन्जना प्रधान, जमुना महर्जन र विष्णुमाया श्रेष्ठ प्रतिष्पर्धा गर्नेछन्।

यसैगरी, पेटाङ्ग ट्रेन दी ट्रेनर कोर्समा भाग लिन पनि पाँच सदस्यीय टोली थाइल्यान्ड प्रस्थान गरेका छन्। सो कोर्स जुलाई २६ देखि ३१ सम्म सञ्चालन हुनेछ। टोलीमा राजेन्द्रप्रसाद जोशी, मिनप्रसाद गैरे, अभिषेक भारी, प्रमोद उप्रेती र सन्दीप अधिकारी छन्।

कोर्समा सहभागी भएपछि पेताङ्गको विकासका लागि विभिन्न ठाउँमा प्रशिक्षण दिन सहज हुने पेताङ्ग प्रशिक्षक सोभित भट्टले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.