बेल्जियम र इंग्ल्याण्डबीचको भिडन्त शुरू

| 2018 Jul 14 | 07:43 pm 2428

काठमाडौं, असार ३०: रुसमा जारी विश्वकपमा आज (शनिबार) तेस्रो स्थानको लागि युरोपका दुई बलिया राष्ट्र बेल्जियम र इंग्ल्यान्डबीचको भिडन्त शूरू भएको छ। खेल रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा नेपाली समय अनुसार राति ७:४५ बाट शुरू भएको हो।

जारी विश्वकपको समूह चरणको अन्तिम खेलमा आमने सामने भएका यी दुई दोस्रोपटक आमने सामने हुन लागेका हुन्। गोल्डेन जेनेरेसन मानिएको बेल्जियम टोलीले इंग्ल्यान्डलाई १–० ले हराउँदै समूह ‘जी’ को विजेता बनेको थियो । इंग्ल्यान्ड समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको थियो।

समूह चरणको अन्तिम खेलमा दुवै टोलीले दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उतारेको थियो । फाइनल पुग्न असफल भएपछि दुवै टोली विश्व कपबाट कम्तीमा तेस्रो भएर फर्कने लक्ष्यमा हुनेछन्। समूह चरणमा इंग्ल्यान्डलाई पराजित गरिसकेका कारण बेल्जियम यसपटक पनि सफल नतिजा निकाल्नेमा आशावादी छ ।

इंग्ल्यान्डले समूह चरणमा बेहोरेको हारको बदला लिने योजनामा हुनेछ। गोल्डेनबुटका दाबेदार कप्तान ह्यारी केन इंग्ल्यान्डले समूह चरणमा बेहोरेको हारको बदला लिने दाउमा छन् । केन ६ गोलसहित गोल्डेनबुटको दाबीमा अग्रस्थानमा छन् ।

बेल्जियम सेमिफाइनलमा फ्रान्ससँग १–० ले तथा इंग्ल्यान्ड क्रोएसियासँग थप समयमा २–१ ले पराजित हुँदै विश्वकप फाइनलबाट पछि धकेलिएका थिए। फ्रान्स र क्रोएसियाबीच फाइनल आइतबार हुनेछ । फ्रान्स दोस्रो पटक विश्वकप जित्ने योजनामा रहँदा क्रोएसिया पहिलोपटक विश्वकप जित्दै इतिहास रच्ने योजनामा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.