प्रेमपिडामा रिमा विश्‍वकर्मा

रिपोर्ट नेपाल | 2018 Dec 28 | 09:01 am 3067

काठमाडौं, पुस १३ : नायिका रिमा बिस्वकर्माको नयाँ म्युजिक भिडियो ‘तिम्रो त्यो’ सार्वजनिक भएको छ। भिडियोमा उनी प्रेमपिडामा देखिएकी छिन्। उनलाई भिडीयोमा मोडल जीवन भट्टाई र जोर्डनराज भण्डारीले साथ् दिएका छन्। प्रेम र बिछोडको कथामा बनाइएको भिडियो निकै मन छुने छ।

भिडियोको गीतमा हाइ कुमार राइको शब्द , निरोज लामाको संगीत र गायिका मिलन अमात्यको स्वर रहेको छ। भिडियोलाइ निर्देशन भने सोनम पाख्रिनले गरेका हुन्। भिडियोमा सुशील न्यौपानेको सम्पादन , बिमला तामांगको मेकअप र उत्सब दाहालको छायांकन रहेको छ।

भिडियो हेर्नुहोस्: 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.