सिंहदावारलाई पठाएको पत्र समाजिक सञ्जालमा गलत तरिकाले प्रचार भएको भन्दै ध्यानाकर्षण

| 2018 Jul 05 | 03:08 pm 2849

काठमाडौं, २१ असार : सिहदावारलाई पत्राचार गरिएको पत्रको प्रचार गतल तरिकाले भएकाे भन्दै प्रहरीले ध्यानाकर्षण गराएका छन् । गृह मन्त्रालय सिहदावारलाई पत्राचार गरिएको पत्र सामाजिक सञ्जाल (भाइवर)लगायतमा गलत अभिप्राय प्रवाह हुने गरी अर्मदित तरिकाले अपलोट गर्न कार्य भएको भन्दै प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण गरेको हो ।

उल्लेखेत सम्बन्धमा प्रहरीले ओषधी उपचार विषयमा समग्र प्रहरी कर्मचारीको औषधी उपचार खर्च उपलब्ध गराउन नसकिने भन्ने व्यहोरा नभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७४ म आछाम जिल्ला अन्तरगतका साँफे बगर नगरपालिका वाड न ३ स्थित प्रभाधमकोट मावि दयागडामा खटिएका अवस्थामा घाइते भई उपचारत मध्ये प्रहरी जवान हिक्मत वि क को थप उपचारको खर्च गरिएको पत्रको जवाफ मात्रै रहेको विज्ञप्तिमा भनिएको छ ।

साथै प्रहरी नियमावली बमोजिम प्रहरी कर्मचारीहरूले पाउने ओषधी उपचार, घर बिदा लगायतका अन्य सुविद्याहरु कानुनमा तोकिएको बमोजिम नै यथावत रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्ति

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.