निर्मला पन्तका हत्यारालाई कारबाही गर्न नसकेको भन्दै मुख्यमन्त्री भट्टको पुत्ला दहन

| 2018 Dec 11 | 06:52 pm 2174

धनगढी, मंसिर २५ :   बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तका हत्यारालाई कारबाही गर्न नसकेको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पुत्ला दहन गरेको छ।

नेपाल विद्यार्थी संघ कैलालीले मंगलबार निर्मलाका हत्यारालाई सरकारले संरक्षण गरेको भन्दै मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री भट्टको पुत्ला जलाएको हो।

निर्मलाको बलात्कारपछि हत्या भएको ४ महिना भन्दा बढी समय वितेपछि सरकार हत्यारा सार्वजनिक गर्न असफल भएको र सरकारलाई दबाब दिन आन्दोलन गरिएको नेविसंघ कैलालीका अध्यक्ष भेष बहादुर बमले बताए।

सरकारले अनुसन्धानका नाममा सोझा साझा जनतालाई दुख दिइरहेको भन्दै नेबिसंघ आन्दोलित भएको हो। उनीहरुले गृहमन्त्री राम बहादुर थापाको राजीनामाको समेत माग गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.