पोखरा, साउन १७ : चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री गर्ने तीन जनालार्इ प्रहरी पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई चितुवाको दुईवाटा छालासहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बागलुङ तमानखोला गाउँपालिका वडा नं. ६ बस्ने २५ वर्षीय झलक छन्त्याल, २३ वर्षीय देवेन्द्र रसाईली र २३ वर्षीय ज्ञानेन्द्र सेन्चुरी रहेको महाराजगंज प्रहरीले जनाएको छ । चितुवाको छाला खरिद बिक्री गर्न भनी साथमा राखेको अवस्थामा उनीहरूलाई पोखरा लेखनाथ महानगरपालिका वडा नं. ७ अन्नपूर्ण टोलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय पोखरामा बुझाइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।