के हेटौँडा बन्‍ला त प्रदेश-३ को स्थायी राजधानी ?

| 2018 Nov 10 | 09:33 pm 1209

हेटौँडा-प्रदेश नं ३ का प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामकरण छिटो टुङ्गो लाग्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा सचिवालयका अनुसार तिहार र छठको बिदापश्चात् बस्ने प्रदेशसभा बैठकबाट नामकरण र स्थायी राजधानीको टुङ्गो लाग्ने छ।

प्रदेशको राजधानी र नामकरणसम्बन्धी गठित आयोगबाट तयार गरिएको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइ सकिएकाले त्यसबारे अब छिट्टै टुङ्गो लाग्ने सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए।

हेटौंडाका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, उद्योगी, व्यवसायी, बुद्धिजीवीले हेटौँडालाई स्थायी राजधानी घोषणा गर्नुपर्ने माग गर्दै आएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.