उपचारका क्रममा कैदीबन्दीको ज्‍यान गयो

| 2018 Nov 08 | 09:49 am 1568

बनियानी, कार्तिक २२-झापा जिल्ला कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ ।लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड–७ का केशव प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार मृतक प्रसाईंको दुवै मृर्गौला फेरिएको थियो।

मृर्गौलापीडित प्रसाईंको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि मेची अञ्चल अस्पताल लगिएकामा बुधबार उपचारका क्रममा उनको मृत्यु भएको थियो।प्रसाईंलाई उक्त मुद्दामा जिल्ला अदालतले १२ वर्ष कैद सजाय सुनाएको थियो।

उनले २०७३ असोज १० गतेदेखि कैद भुक्तान गर्दै आइरहेको प्रनाउ श्रेष्ठले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.