अध्यक्ष प्रचण्डको पिएसओमा डीएसपी सुवेदी

| 2019 Jun 06 | 03:02 pm 2651

काठमाडौं, २३ जेठ :  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को निजी सुरक्षा प्रमुख (पिएसओ)मा प्रहरी नायव उपरिक्षक (डिएसपी) नरेशराज सुवेदी खटिएका छन् ।

अध्यक्ष दाहालको सुरक्षामा खटिएका डिएसपी सन्तोष राठौरोलाई महानगरीय प्रहरी वृत लैनचौरमा सरुवा गरेपछि डिएसपी सुवेदीलाई प्रचण्डको सुरक्षा जिम्मेवारी दिइएको हो । हाईटी मिसनबाट भर्खरै फर्किएका सुवेदीलाई प्रहरी प्रधान कार्यालयले बिहीबारबाट प्रचण्डको निजी सुरक्षा प्रमुखको रुपमा खटाएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानको प्रमुखको रुपमा सरुवा भए पनि बिहीबार उनलाई सुरक्षा सेवा ब्यवस्थापन निर्देशनालयमा काज सरुवा गरेर प्रचण्डको सुरक्षामा खटाईएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.