१४ औं महाधिवेशन तोकिएकै मितिमा हुनेः सभापति देउवा

रिपोर्ट नेपाल | 2020 Jan 01 | 03:32 pm 1702

मोरङ, पुस १६: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन्।

बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तोकिएको मितिमा सभापतिले महाधिवेशन गराउनेमा आशंका व्यक्त गरिरहेका बेला सभापति देउवाले विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसंग कुरा गर्दै तोकिएकै मितिमा महाधिवेशन गर्ने दाबी गरेका हुन्।

बरिष्ठ नेता रामचन्द्र पौडेललगायतले मिति तोक्नु पर्ने माग गरिरहेकोले महाधिवेशनको मिति तोकिएको उनको भनाई थियो।

देउवाले सहमतिका आधारमा एकतावद्ध भएर पार्टीको महाधिवेशन हुने भन्दै यस विषयमा अनावश्यक विवाद गर्नु जरुरी नभएको उल्लेख गरे।

सभापति देउवाले सरकारले एमसिसी पास गर्नुको बिकल्प नभएको धारणा व्यक्त गरे। मुलुकको विकासका लागि पहिलो पटक अमेरिकाले दिएको यति ठूलो सहयोग स्वीकार्नुको बिकल्प नभएको उनले बताए। उनले सरकारले संसदबाट एमसिसी पास गर्नेमा आफू विश्वस्त रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.