साेमबार देखि काठमाडाैंमा हिन्दी फिल्म नचल्ने

| 2023 Jun 18 | 04:30 pm 2069

काठमाडौं, असार ३ । हिन्दी चलचित्र आदिपुरुषमा जानकी भारतीय भएको भनी राखिएको संवादको विरोधमा काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन गर्न नदिने भएको छ । मेयर बालेन्द्र शाहको निर्देशन पछि काठमाडौं महानगरपालिकाका नगर प्रहरीको सक्रियतामा सबै हालमा पुगेर हिन्दी फिल्म प्रदर्शन नगर्न निर्देशन दिइएको हो ।

‘भोलि सोमबार देखि महानगरमा रहेका १७ वटा हलमा पूर्णरुपमा हिन्दी फिल्म प्रदर्शन रोक्न नगर प्रहरी सक्रिय हुने भएका छन् ।

फिल्ममा राखिएको संवाद तीन दिन भित्र हटाउन मेयर शाहले गरेको आग्रहलाई अटेर गरेपछि मेयर शाहले आज आइतबार तीन दिन पुगेपछि भोली देखि रोक्न निर्देशन दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.