सम्पत्ति शुद्धीकरणका तत्कालिन अनुसन्धान अधिकृत चालिसे जेल चलान

| 2018 Jun 22 | 10:34 am 3099

भ्रष्टाचार मुद्दामा फरार रहेका शम्भुप्रसाद चालिसेलाई नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी जेल चलान गरेको छ ।

सर्वोच्च अदालतको २०७४ चैत २० को फैसलाअनुसार एक वर्ष ६ महिना कैद र रु १० लाख जरिवाना हुने ठहर गरेपछि फरार रहेका धादिङ नौबिसे घर भई हाल कामनपा–१४ कंलकी बस्ने चालिसेलाई ब्यूरोको टोलीले बिहीबार पक्राउ गरी शुक्रबार जेल चलान गरेको हो ।

तत्कालीन समयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान अधिकृत रहेका चालिसेले विसं २०७१ साउन ११ मा सम्पत्ति शुद्धीकरणको मुद्दा मिलाइदिन्छु भनी रु १० लाख लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.