काठमाडौँ २५ पुष / जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर मुद्दामा ८ बर्ष कैद सजाय तोकेको छ । जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै बहस गरेका थिए ।
जिल्ला अदालतका एक कर्मचारीका अनुसार राय किताबमा न्यायधीशले ३ लाख र दुई लाख क्षतिपूर्ति भनी उल्लेख गरेका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।