सजिलो हुदैन चढ्न सफलताको शिखर

रिपोर्ट नेपाल | 2023 Jul 31 | 01:34 pm 2709

गीत

सजिलो हुदैन चढ्न सफलताको शिखर
छुने आँट गर्नु पर्छ चन्द्रलाई उडेर
उद्देश्य पुरा गर्न झेल्न पर्छ धेरै बाधाहरु
न चिताएका आइ लाग्छन धेरै अवरोधहरु
किन्चित पनि न डराइ अघि बढ्ने हुनु पर्छ
चुम्छ सफलताले अघि बढेका तिम्रा पाइलाहरु
सजिलो हुदैन…..

शिक्षा नै सफल हुने हो एकमात्र आधार
कोशिश गरौँ यसलाई हासिल गर्न निरन्तर
कर्तव्य हुन्छ बाबुआमा अनि शिक्षकहरुको
सुझाव दिन्छन भबिष्य सुरक्षित गर्न खातिर
सजिलो हुदैन…..

सुझावलाई दबाव ठान्ने हुनेछ भुल भयंकर
सुझाव हो चुनौती गर्न पर्छ यसलाई स्वीकार
हर बाधा अड्चनको सामना गर्नु पर्छ डटेर
हार्नु हुदैन हिक्मत अनि बिर्सनु हुँदैन ईश्वर
सजिलो हुदैन…..

कसलाई छैन र यहाँ समस्या अनि पिर
हाँसी खेलि लगाउन पर्छ यसलाई पार
छन् साथीभाइ दिदीबैनी, आमाबाबु तिम्रै भर
रमाउनु पर्छ तिमि देखेर यो सुन्दर संसार
सजिलो हुदैन…..

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.