काठमाडौं, ८ असार : रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा अाज भएकाे पहिलाे र समूह चरणको दोस्रो खेलमा कोस्टारिकाविरुद्ध ब्राजिलले कठिन जित निकालेको छ ।
खेलको निर्धारित समय सकिएपछि पहिलो मिनेट अथार्त ९१ औँ मिनेटमा काउन्टर एट्याकका क्रममा ब्राजिलका फिलिपे काउटिन्होले गोल गरेका थिए । त्यसपछि अतिरिक्त समयको छैटौँ मिनेट अथार्त ९७ औँ मिनेटमा नेमारले गोल गर्दै ब्राजिललाई २-० को जित पक्का गराए ।