लोकप्रिय गायक मोतिराज खनालको छड्के कपाल चर्चामा

| 2025 Jul 26 | 08:14 am 1269

काठमाडौँ १० साउन / तिज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा उत्साह थपिएको छ। यस्तै बेला, लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालले सार्वजनिक गरेको ‘छड्के कपाल किन कोरेको’ गीतले नेपाली मौलिक तिज गीतमा नयाँ जीवन थपेको छ।

परम्परा, नारी सशक्तिकरण र सांगीतिक सौन्दर्यको त्रिवेणीलाई संयोजन गर्ने यो गीतले आजका युवापुस्तासँगै ग्रामीण महिलाहरूको मनको भाव बोकेको छ। सांगीतिक साधनामा दुई दशकदेखि सक्रिय खनालले यो तीजमा आफ्ना दर्शक–श्रोतामाझ तिजको मौलिकता सङ्गै भिन्नै स्वाद प्रस्तुत गरेका छन्।

जति सुन्यो त्यति सुन्न मन लाग्ने खालको लय र शब्दले गीतलाई कालजयी बनएको छ । छाडा र उत्ताउला गीत बनाए मात्र चल्छ भन्ने नराम्रो मानसिकता बाट ग्रसित जमातले खनालको सृजना सुनेर मनन गर्नुपर्ने देखिन्छ । खनालको सुपा देउराली भजन पनि दर्शक बाट अत्याधिक रुचाइएको थियो । खनालका दर्जनौं गीत सांगितिक बजारमा कालजयी बनेर बसेका छन ।

गायक खनाल गीत संगितका अलावा टेलि सिरियलहरुमा पनि अभिनय गर्दै आएका छन । गीतमा चर्चित गायक मोतिराज खनाल स्वयं र लोकप्रिय गायिका राधिका हमालको सशक्त स्वर सुन्न सकिन्छ। साथमा दिपेश बिष्ट, कृष्ण खत्री, रश्मि भुजेल र कल्पना मल्लको सहायक स्वरले गीतलाई अझै समृद्ध बनाएको छ। शब्द, संगीत र स्वर खनालकै हुन् भने संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन्। रेकर्डिङ तथा मिक्सिङ कृष्ण बाजुरालीले द म्युजिक इरा रेकर्डिङ स्टुडियोमा गरेका हुन्।

चर्चित भिडियो निर्देशक सुरज खनालले यस गीतमा निर्देशन गरेका हुन । सुरज खनालले थुप्रै म्युजिक भिडियो देखि अतिभो सिरियल र ख्याल ठट्टामा समेत निर्देशकको भुमिका निभाइसकेका छन भने कोरियोग्राफर शिवजी क्षेत्रीको नृत्य संयोजन रहेको छ। छायाङ्कन, सम्पादन र रङ संयोजन सुशील डाँगीले गरेका छन्।

भिडियोमा कृष्ण खत्री र रिना गुरुङको अभिनयले गीतमा उर्जा भरेको छ । कृष्ण खत्री जापानमा बस्दै आफ्नो कलाकारीतालाइ पनि अगाडि बढाइरहेका छन । गीत संगितलाई औधी माया गर्ने मोडल कृष्ण खत्री ले नेपाल आएको मौकामा छोटो समय छड्के कपाल बनाएर मोड्लिङ गरेका हुन । रिना गुरुङ्ग सांगितिक बजारमा आफ्नो नाम स्थापित बनाउन सफल मोडल हुन उनको अभिनय रहेको म्युजिक भिडियोहरुले दर्शकको मन जित्न सफल भएका छन । साथमा गीता खनाल, अस्मिता खनाल र कृष्टिना शाहको अभिनयले गीतमा रङ भरेको छ।

 

 

 

ललितपुरको यूएन पार्कमा छायाङ्कन गरिएको भिडियोलाई जीवन पासाको मेकअप, विशाल राईको आइटी समर्थन, र शिवजी डान्स सेन्टरको पोस्ट प्रोडक्सनले थप जीवन्त बनाएको छ। रिपाेर्टस क्लब नेपाल भृकुटीमण्डपमा माननीय सांसद बिजुला रायमाझीको प्रमुख आतिथ्यतामा गित विमाेचन गरिएकाे थियाे।

उक्त कार्यक्रममा कलाकर्मी साथिहरुलाई माननीय सांसद बिजुला रायमाझी , बिशेष अतिथी लक्ष्मण रायमाझी अतिथि ऋषिराम भुसाल , अतिथि धनेन्द्र बस्नेतको हातबाट प्रसंसा पत्र वितरण पनि गरिएको थियो । सन्सा फिल्मसका अध्यक्ष सुरज खनालकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रम सन्चालन सबिन खड्काले गर्नुभएको थियो समग्रमा कार्यक्रम भव्य र सव्य तरिकाले सम्पन्न भएको कार्यक्रम सम्योजक तथा यसै गीतका गायक मोतिराज खनालले बताउनुभयो ।

गीत युट्युब, फेसबुक रिल्स र टिकटकमा छोटो समयमै भाइरल बन्दै गएको छ विशेषगरी महिला दिदीबहिनीहरूको भावना सङ्गै अहिलेको युवा पुस्तालाई समेत आकर्षक गर्ने र आत्मीयता जगाउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.