कविता..
भरत राज पौडयाल
१. फर्क्येो मित्र मुमा गुमाउनुपर्यो सम्झन्छु ती दुर्दिन
श्रद्धा अर्पण गर्छु नै म पनि झन् आमाविषे यी दिन।
खाइन्थ्यो उनकै पवित्र करले खाना कुनै याममा
फर्क्येो मित्र भयावही अनलको आक्रोश थ्यो ज्यानमा।।
२. सुन्नेकै मनमा अनेक वह थे देख्नेहरू त्रस्त थ्येोँ
सारा राष्ट्रविषे पुकार पनि थ्यो झन् प्रार्थना गर्दथ्येोँ।
बाँच्येो आश बढ्यो र त्रास नि घट्यो बोली सुनेरै पनि
मान्छे आज अवश्य यो समयमा दुर्भाग्य भुल्छन् त नि।।
३. हैनेो भ्रष्ट अत्यन्त स्वच्छ मतिमान् यात्री भयेो जान्दछु
नेपाली मनको नजीक पनि छेो निस्वार्थ हेो मान्दछु।
दैवी वज्र पर्यो भयावहविषे बाँच्येो यही प्राप्ति भो
साँच्चै शेष छ जिन्दगी जति यहाँ यो लोककै चाख भो।।
४. आमा बिर्सन सक्छ को धरधरी रोला नि भित्री मन!
यो केही दिन- वर्ष बाँच्नु छ सबै जाने सबै उतै हो गुन।
अर्तीले दिल शान्त हुन्न नि सँगी आमा गुमाईकन
रोएको छु अनेकपल्ट म स्वयं बल्झिन्छ भित्री मन!!
५. सम्झी जीवनचक्रको परिधि यो सम्हालिनै पर्दछ
प्यारा मित्र अझै छअग्निवह त्यो होस् स्वास्थ्य यै चाह छ।
अर्को साल दशैँ मनाउनसँगै पाऊँ छ यै प्रार्थना
प्यारा मित्र सुदीर्घ जीवन रहोस् बढ्दै गरोस् चेतना।।
शार्दूलविक्रीडित छन्दमा
(नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीकाे फेसबुक पेजबाट)