बागमतीका चार मन्त्री पदमुक्त

| 2025 Jul 26 | 07:52 am 885

काठमाडौँ १० साउन / बागमती प्रदेशका ४ मन्त्री पदमुक्त भएका छन् । पदबाट राजीनामा दिएका बागमती प्रदेशका चार मन्त्रीलाई मुख्यमन्त्री बहादुरसिंह लामाले पदमुक्त गरिदिएका छन्। मुख्यमन्त्री बहादुर सिंह लामाले ४ मन्त्रीलाई शुक्रबार बेलुका पदमुक्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाएका छन् ।

मुख्यमन्त्री लामाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन र संस्कृति तथा पर्यटन मन्त्री विमल चन्द्र ठकुरीले राजीनामा दिएका थिए ।

नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरिरहेका मुख्यमन्त्री लामासँग रुष्ट बनेका उनीहरू पनि काँग्रेसकै हुन् । लामाविरुद्ध बागमती काँग्रेसका २१ प्रदेशसभा सदस्यले शुक्रबार संसदीय दलमा समेत अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

मुख्यमन्त्री लामा नेतृत्वको बागमती प्रदेश सरकारले जनआक्रोश भन्दै अविश्वासको प्रस्ताव दर्ता गरेको उनीहरूको जिकिर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.