बहुविवाहका प्रतिवादी जेल चलान

रिपोर्ट नेपाल | 2019 Jan 30 | 06:29 pm 1887

जनकपुरधाम, माघ १६  :  बारामा बहुविवाह मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरिएको छ। बारा जिल्ला अदालतले बहुविवाह मुद्दामा कैद तथा जरिवाना सजाए गरेका तर फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरी जले चलान गरेको हो।

बारा जिल्ला अदालतको मिति २०७१ असोज ६ गतेको फैसला आदेशले बहुविवाह मुद्दामा १ वर्ष कैद र रु. ५ हजार जरिवाना लागी फरार रहेकोलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बारा जिल्लाको करैयामाई गाउँपालिका ६ बस्ने ३२ वर्षीय अमर चौधरी रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र ईलाका प्रहरी कार्यालय सिहोर्वा बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेका चौधरीलाई बारा जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशानुसार निजलाई तोकिएको कैद भुक्तानको लागि पर्सास्थित वीरगञ्ज कारागारमा पठाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.