बजेट कार्यकर्तालाई भरण पोषण गर्न ल्याएको कांग्रेसको आरोप

रिपोर्ट नेपाल | 2018 May 30 | 11:12 am 1806

काठमाडौं, जेठ १६ः सरकारले जेठ १५ गते प्रस्तुत गरेको आर्थिक बर्ष ०७५/०७६ को बजेट बक्तव्यको बारेमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ने धारणा सार्वजनीक गरेको छ ।
नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा विज्ञ सहित बसेको बैठकले बजेट आम नागरीकको आशा अनुरुप आउन नसकेको निश्कर्ष निकालेको छ । बैठक पश्चात मुख्य सचेतक बालकृष्ण खाँणद्वारा हस्ताक्षरीत विज्ञप्तीका अनुसार बजेटले निजि क्षेत्रको लगानी हतोत्साही गर्ने उद्देश्य राखेको जनाइएको छ । बक्तव्यमा नेपाली जनतालाई कर र ऋणको बोझ बोकाउने जनाउदै सत्तासिन कम्युनिष्ट पार्टीका कार्यकर्तालाई भरणपोषण गर्ने रणनिति लिएको आरोप लगाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.