प्रधानमन्त्री प्रचण्डद्वारा प्रशिद्ध धार्मिकस्थल पञ्चकोटको अवलोकन

रिपोर्ट नेपाल | 2024 Mar 02 | 06:08 pm 1217

काठमाडौँ १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले बागलुङको प्रशिद्ध धार्मिकस्थल सर्वसिद्धिधाम पञ्चकोटको आज शनिबार अवलोकन र दर्शन गरेका छन् । प्रधानमन्त्रीलाई स्वामी कमलनयनाचार्यले कुटीमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री दाहालले पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको एघारौं दिन शनिबार पञ्चकोटमा निर्माण भएका धार्मिक संरचनाको अवलोकन र दर्शन गरेका छन् । पञ्चकोटधाम स्थापनाको १० औं वार्षिकोत्सवका अवसरमा महायज्ञको आयोजना गरिएको छ।

प्रधानमन्त्री दाहालले गण्डकीमाताको मन्दिर, हनुमानबाटीकामा राखिएको मुक्तिनाथ महाघण्ट, हनुमानको मुर्ति र यज्ञमण्डपको अवलोकनसहित दर्शन गरेका छन् । अवलोकनका क्रममा प्रधानमन्त्रीले पञ्चकोटमा धार्मिक पूर्वाधार निर्माण गरेर मुलुककै मुख्य धार्मिक पर्यटकीयस्थल बनाउन सकिने विचार व्यक्त गरे ।

महायज्ञमार्फत धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने यहाँहरुको उद्देश्यलाई सरकारको पनि साथ र सहयोग हुने प्रधानमन्त्री दाहालले बताए ।

महायज्ञमार्फत जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.