पोखरामा प्याराग्लाइ‌डिङ पाइलटको दादागिरी

| 2023 Dec 14 | 01:03 pm 2229

कास्की, मंसिर २८ । नेपाल हवाई खेलकूद संस्था कास्कीले दिएको निर्देशन विपरीत केहि प्याराग्लाइडिङ कम्पनीका संचालक र पाइ‌लटले दादागिरी देखाउदै अटेर गरेका छन् । विगत लामो समय देखि सिन्डीगेट मार्फत यात्रुलाई चरम शोषण गरीरहेका पाइलटले खुला प्रतिस्पर्धाबाट बुकिङ गर्न दिएको निर्देशनलाई ठाडो उलंघन गर्दै संस्थाको कार्यालय घेराउ गरीरहेका छन् ।

खुल्ला प्रतिस्पर्धाबाट टिकट बुकिङ‌ गर्दा यात्रुले ५ देखि ६ हजारमा उडान गर्न पाउँछन भने सिण्डीगेट मार्फत गर्दा १२ हजार तिर्नु परेको बताइन्छ । प्याराग्लाइडिङका आधा भन्दा बढी कम्पनीका संचालक खुला प्रतिस्पर्धाबाट उडाउन मन्जुर छन भने केहि संचालन र पाइलट नियम कानुनको धज्जी उडाउदै मोलमोलाई लिएर उडाउन पाइने भन्दै लेकसाइडमा भएको खेलकुद संस्था घेराउ गरीरहेका छन ।

पर्यटकीय नगरी भनेर चिनिने सुन्दर नगरी पोखरामा यात्रुहरू यसरी खुलेयाम लुटिदा सम्बधित निकाय भने चिर निद्रामा रहेको छ। राज्यले कुनै पनि कुरामा सिन्डीगेट लगाउन नपाइने भनेर नियम कानुन बनाएको छ तर प्याराग्लाइ‌डिङको पाइलटहरु राज्यको निति र नियम मान्दैनौ भन्दा कारवाही हुनुपर्ने हो होइन ? सम्बन्धीत निकाय माथी प्रश्न चिन्ह खडा भएको छ।

यात्रुलाई शोषण गर्न पाउनु पर्छ भनेर हवाई खेलकुद संस्था घेराउ गर्नु भनेको कानुनको ठाडो उलंघन हो। यस विषयमा पाइलट विमल पाहारीसँग सम्पर्क गर्दा आफुहरु साँढेको मिचाइ‌मा परेको बताउछन । संचालककाे आपसी लफडामा पाइलटलाई मुछेकाे पाहारीकाे भनाइ रहेको छ। पर्यटकीय नगरी पाेखरामा पाइलटले प्याराग्लाइडिङ नउडाइदिदा दर्जनाै यात्रुहरूको उडान गर्ने रहर पूरा हुन पाएकाे छैन। यस विषयमा दर्ता गर्ने निकाय,महानगर र प्रशासनिक निकायकाे ध्यान जान जरुरी छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.